‘१२ गाउँ’को पोष्टरमा विराज र समीरको एक्सन अवतार

नायक विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘१२ गाउँ’को नयाँ क्यारेक्टर पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट र उनका छोरा समीर भट्टलाई देख्न सकिन्छ । पोष्टरमा यी दुबैको एक्सन अवतार देख्न सकिन्छ । सार्वजनिक पोष्टरमा टिजर चाडै नै सार्वजनिक गर्न लागिएको जानकारी समेत दिइएको छ ।
यही फिल्मबाट विराजका छोरा समीरले फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । यो फिल्ममा दुबै नायकको एक्सन अवतार प्रस्तुत गरेपनि भूमिका के हो भन्ने खुलेको छैन ।
विराजले फिल्म ‘साङ्लो’पछि यो फिल्मको निर्देशन गरेका हुन् । यो फिल्ममा सनिषा भट्टराई, न्यान्सी खड्का लगायतका कलाकारको पनि अभिनय छ ।
यो फिल्मलाई दशैंमा रिलिज गर्ने बताइएको छ । तर, दशैंमा कुन दिनबाट फिल्म रिलिज हुने हो भन्ने खुलाइएको छैन ।
फिल्मको छायांकन नेपाल र मुम्बइमा गरिएको हो । विराजले यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई एक्सनको नयाँ गोरेटोमा लैजाने दाबी गर्दै आएका छन् ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया