बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान, को बन्ला नयाँ अध्यक्ष ?
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । योग्य व्यक्तिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल साउनको ८ गते सकिएपछि अध्यक्ष पद खाली छ । अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरि नेपाली फिल्म उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० बर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ ।
आवेदन दिने व्यक्ति ३० बर्ष पुरा भई ६५ बर्ष ननाघेको हुनुपर्नेछ । विकास बोर्डको नयाँ अध्यक्ष पदका लागि दिनेश डीसी, करिश्मा मानन्धर, नरेन्द्र महर्जन, नरेश पौडेल, राजेश थापा र समीर बलामी दौडमा छन् ।
प्रतिक्रिया