‘पिताम्बर’को बजेट ५ करोड, सौगात र प्रदीप वर्कशपमा देखिए
भदौबाट दोस्रो चरणको छायांकनको तयारी भइरहेको फिल्म ‘पिताम्बर’को हाल धमाधम वर्कशप चलिरहेको छ । काठमाडौंको थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा फिल्मको वर्कशप चलिरहेको निर्देशक कृषा चौलागाँइले जानकारी दिइन् ।
यो फिल्मको छायांकन भदौको १ गतेबाट सुरु गर्ने तयारी कृषाको छ । यो फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारीको मुख्य भूमिका छ । फिल्मको पहिलो चरणको छायांकन गतबर्षको फागुनमा भइसकेको छ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मसँग सहकार्य गरेर तयार गर्न लागेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, विशाल चौलागाईंको लगानी, प्रदीप भारद्वाजको लेखन छ । फिल्मको बजेट ५ करोड बताइएको छ ।
प्रतिक्रिया