‘अग्नीदहन’को फस्टलुक रिलिज, मंसिर ७ बाट रिलिज हुने
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
मंगलबार आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । यो फिल्मलाई मंसिरको ७ गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बोक्सीको अन्धविश्वास विरुद्ध फिल्म निर्माण हुनु राम्रो काम भएको बताए । उनले, बोक्सीको अन्धविश्वास नेपालमा चुनौती भएको भन्दै सबैले मिलेर हटाउनुपर्ने बताए ।
फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको जानकारी दिए । उनले, फिल्ममा थ्रील र सस्पेन्स सबै रहेको सुनाए ।
मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको निर्देशक लामिछानेको भनाई थियो । यो फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
प्रतिक्रिया