‘मोदीबेनी’का पूर्णिमा र कान्छी
साउनको १८ गते अर्थात् शुक्रबारबाट फिल्म ‘मोदीबेनी’ रिलिजमा आउँदैछ । विशेषगरि, फिल्मको ट्रेलरलाई दर्शकले रुचाए । शंकर कोइरालाले ‘मोदीबेनी’को वास्तविक कथालाई पर्दामा प्रस्तुत गर्ने तयारी गरेका छन् । ट्रेलरमा देखाइएको प्रेम, रोमान्स र सस्पेन्स कथाले दर्शकलाई आकर्षित गरेको छ ।
यो फिल्ममा नायिका वर्षा सिवाकोटीको साथमा नव–नायक अमरप्रताप श्रेष्ठको मुख्य भूमिका छ । अमरप्रताप यो फिल्मबाट उदाउने विश्वास समेत गरिएको छ ।
यही फिल्मबाट इटहरीकी कलाकार स्नेहा भट्टराई पनि फिल्म क्षेत्रमा प्रवेश गर्दैछिन् । स्नेहा पनि आफ्नो बालापनदेखिको सपना पुरा हुन लागेकोमा खुशी छिन् । फिल्ममा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा जस्ता नाम चलेका हस्तीहरुपनि छन् ।
फिल्ममा वर्षालाई दर्शकले ‘पूर्णिमा’ र स्नेहालाई ‘कान्छी’को भूमिकामा देख्न पाउनेछन् । वर्षा र स्नेहाबिचको केमेष्ट्री पनि दर्शकका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ ।
निर्देशक शंकर कोइराला यो फिल्म घाटको कथा भएको बताउँछन् । वास्तविक कथालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले मन पराउने विश्वास उनको छ ।
फिल्मको प्रचारमा अहिले मुख्य कलाकारहरुको दौडधूप गज्जब छ । यसले, दर्शकलाई कस्तो प्रभाव पारेको छ त्यो भने फिल्म रिलिज भएपछि थाहा हुनेछ ।
दिलिप केसीको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता हरि श्रेष्ठ हुन् ।
प्रतिक्रिया