पलले भने–‘मलाई सुख र दुःखमा साथ दिने सबैलाई धन्यवाद’
नायक पल शाहले आफूलाई सुख र दुःखमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । पशुपतिनाथ परिसरमा आयोजना भइरहेको कोटीहोममा पुगेका पलले भने–‘प्रत्येक आमाबुबाहरूलाई मैले धन्यवाद दिन पाएको थिइनँ । मेरो सुख र दुःखमा तपाइहरुले सधैं नै साथ दिनु भएको छ । म सबैलाई दुई हात जोडेर धन्यवाद दिन चाहन्छु ।’
उनले कोटीहोममा कथा बाचन गरिरहेकी देवी प्रतिभाको पनि खुलेरै प्रशंसा गरे । नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै उनले देवी प्रतिभाको प्रशंसा गरेका हुन् ।
उनले, लामो समयदेखि आफूलाई कोटीहोममा आउन मन लागेको भन्दै यसपटक आउँदा निकै खुशी लागेको बताए ।
पलले अगाडि भने–‘मलाई सबै बुबाआमाहरुको आर्शीवाद लागोस् । म पनि हजुरहरूको छोरा, बाबु भएर बाँच्न चाहन्छु ।’
पलले उक्त अवसरमा एक मानव आश्रमलाई एक लाख सहयोग समेत गरे । आश्रममा रहेका बालबालिकामध्ये एक जनाको जिम्मा आफूले लिने भन्दै पलले १ लाख सहयोग गरेका हुन् ।
कामको कुरा गर्नुपर्दा पलले अभिनय गरेको फिल्म ‘रावायण’ भदौको २१ गतेबाट रिलिजमा आउँदैछ । यस्तै, उनले अभिनय गरेको अर्को फिल्म ‘मायाबी’ पनि रिलिजको क्रममा छ ।
प्रतिक्रिया