निर्माता संघको सदस्यमा रामप्रसाद मनोनित

निर्माता रामप्रसाद रिजाललाई चलचित्र निर्माता संघको सदस्य पदमा मनोनीत गरिएको छ । 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विज्ञप्ति जारी गर्दै रिजाललाई सदस्य पदमा मनोनीत गरिएको जानकारी दिएका छन् । 

रिजालले सदस्य पदमा रहेर नेपाली फिल्म क्षेत्रको विकास र निर्माताहरुको हक हितमा काम गर्ने विश्वास संघको छ । 

रामप्रसाद रिजालले ‘कसम, धुवाँ यो नशा, डिसेम्बर फल्स’ लगायतका फिल्म निर्माण गरेका छन् । उनी, चाँडै नै फिल्म ‘काजी’ निर्माणको तयारीमा पनि छन् । 

निर्माता संघमा रहेर आफूले निर्माताहरुको हकहितमा काम गर्ने प्रतिक्रिया रिजालले दिएका छन् ।