लद्दाखमा ‘जेरीः अन टप’ टिम

फिल्म ‘जेरीः अन टप’को टिम भारतको चर्चित रमणीय ठाउँ लद्दाख पुगेको छ । फिल्मका निर्देशक सुयोग गुरुङ, निर्माता सरोज न्यौपाने र नायक अनमोल केसी लद्दाख पुगेका हुन् । 

उनीहरू, शुक्रबार बेलुकी लद्दाख उडेका थिए । सामाजिक संजालमा उनीहरुले पोष्ट गरेको तस्विरमा लोकेशनको खोजीमा दौडिएको देख्न सकिन्छ । 
फिल्मका निर्माता न्यौपानेले मेरो फिल्मसँग कुरा गर्दै लद्दाखमा पनि फिल्मको छायांकन हुने जानकारी दिए । 

तर, फिल्मको कति दृश्यको छायांकन लद्दाखमा हुन्छ भन्ने बिषयमा यसको निर्माणपक्षले केही पनि जानकारी दिएको छैन । 

यो फिल्ममा अनमोल केसीको साथमा आँचल शर्मा र जसिता गुरुङको पनि मुख्य भूमिका छ । फिल्मका प्रि–प्रोडक्शनको काम हाल धमाधम चलिरहेको छ । 

फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने घोषणा समेत यसको निर्माणपक्षले गरिसकेको छ ।