दुर्गेश थापा सुध्रिए

गायक दुर्गेश थापाले आफू सुध्रिएर आउन लागेको बताएका छन् । ‘झुम्का हरायो’ बोलको गीत रिलिज कार्यक्रममा बोल्दै दुर्गेशले अब आफू सुध्रिएर आउने बताए ।
उनले भने–‘अब मलाई के लाग्यो भन्दा नी, सायद उमेर पनि बढ्दै गएर होला हैन । गीतहरू अब सबै मानिसहरूले सुन्ने, सबै मानिसहरूको अगाडि हेर्न मिल्ने बनाउनुपर्छ भन्ने मेरो दिमागमा पस्यो । अब, दुर्गेश सुध्रिएर आउँदैछ ।’
दुर्गेशले उमेर र साथीसँगको संगतले पनि परिवर्तन आउने रहेछ । उनले अगाडि भने–‘अब म सबैले सुन्ने खालको गीत लिएर आउँछु । उटपट्याङ गीतहरू गाउँदिन । मैले फिल्म ह्रस्व दीर्घको गीत पनि गाएको छु । यसैले, दर्शकले अब मबाट राम्रो गीतहरू मात्र सुन्न पाउनुहुन्छ ।’
यता, गीतकी मोडल गरिमा शर्माले यो गीतको छायांकनमा आफूले नायिका प्रियंका कार्कीबाट धेरै कुरा सिकेको बताइन् । उनले भनिन्–‘आफू भन्दा सिनियर कलाकारहरूसँग काम गर्दा केही न केही कुरा सिक्न पाइन्छ के । मैले प्रियंका दिदीबाट धेरै कुराहरू सिकेँ । उहाँको अनुभव सुन्ने मौका पाएँ ।’
नायिका प्रियंका कार्कीले पनि यो टिमसँग काम गर्न पाउँदा निकै राम्रो अनुभव बटुलेको तर्क गरिन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया