दुर्गेश थापा सुध्रिए

गायक दुर्गेश थापाले आफू सुध्रिएर आउन लागेको बताएका छन् । ‘झुम्का हरायो’ बोलको गीत रिलिज कार्यक्रममा बोल्दै दुर्गेशले अब आफू सुध्रिएर आउने बताए । 

उनले भने–‘अब मलाई के लाग्यो भन्दा नी, सायद उमेर पनि बढ्दै गएर होला हैन । गीतहरू अब सबै मानिसहरूले सुन्ने, सबै मानिसहरूको अगाडि हेर्न मिल्ने बनाउनुपर्छ भन्ने मेरो दिमागमा पस्यो । अब, दुर्गेश सुध्रिएर आउँदैछ ।’

दुर्गेशले उमेर र साथीसँगको संगतले पनि परिवर्तन आउने रहेछ । उनले अगाडि भने–‘अब म सबैले सुन्ने खालको गीत लिएर आउँछु । उटपट्याङ गीतहरू गाउँदिन । मैले फिल्म ह्रस्व दीर्घको गीत पनि गाएको छु । यसैले, दर्शकले अब मबाट राम्रो गीतहरू मात्र सुन्न पाउनुहुन्छ ।’

यता, गीतकी मोडल गरिमा शर्माले यो गीतको छायांकनमा आफूले नायिका  प्रियंका कार्कीबाट धेरै कुरा सिकेको बताइन् । उनले भनिन्–‘आफू भन्दा सिनियर कलाकारहरूसँग काम गर्दा केही न केही कुरा सिक्न पाइन्छ के । मैले प्रियंका दिदीबाट धेरै कुराहरू सिकेँ । उहाँको अनुभव सुन्ने मौका पाएँ ।’

नायिका प्रियंका कार्कीले पनि यो टिमसँग काम गर्न पाउँदा निकै राम्रो अनुभव बटुलेको तर्क गरिन् ।