‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु भएको छ । बिहिबार कान्तिपुर टेलिभिजनमा यो शोको प्रिमियर गरियो । प्रिमियरमा कार्यक्रमका निर्णायकसँगै मेन्टरहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा ५ हजार भन्दा बढी प्रतियोगीहरुले डिजिटल अडिसन दिएको आयोजकले बताएको छ । जसमध्ये, ५ सय उत्कृष्ट छनोट गरी फिजिकल अडिसन लिइएको थियो । यो कार्यक्रम हरेक बिहिबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा बेलुकी ९ बजेबाट प्रशारण हुनेछ ।

प्रतियोगिता ३२ एपिसोडको हुनेछ । यो शोको विजेताले १० लाख पुरस्कार, विश्व भ्रमणको अवसर पाउनेछन् । यस्तै, दोस्रो हुनेले ५ लाख नगद र विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् ।

दामी मिडियाको प्रस्तुति रहेको यो शोको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माता रोशन कुमार श्रेष्ठ हुन् । कार्यक्रममा निर्णायकको रुपमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।