‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?

भदौबाट फिल्म ‘पिताम्बर’को छायांकन गर्ने तयारी निर्देशक कृषा चौलागाईंको छ । यो फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकन वैशाखबाट सुरु गर्ने भनेपनि कलाकारहरुको व्यस्तताले गर्दा अझै सुरु हुन सकेको छैन ।
यो फिल्मको अहिले पनि स्क्रिप्टमा काम भइरहेको छ । यसैबिच, यो फिल्मका छायांकार पुरुषोत्तम प्रधान र लेखक प्रदीप भारद्धाजबिचको लफडाको खबरले बजार तरंगित बनेको छ ।
तीन दिन अगाडि कान्तिपुर फिल्म एकेडेमीमा फिल्मको स्क्रिप्टमा छलफल हुने क्रममा प्रदीप र पुरुषोत्तमबीच लफडा भएको वुझिएको छ । उसो त फिल्मकै टिमका सदस्यहरूले सामान्य मनमुटाव भएको बताएका छन् । तर, स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, यी दुइबिच हात हात-हालाहालको अवस्था सिर्जना भएको थियो ।
पुरुषोत्तमले प्रदीपलाई केही मुक्का हानेको वुझिएको छ । तर, प्रदीप आफैले पनि मनमुटाव मात्र भएको बताउँदै आएका छन् ।
प्रदीप खड्का, सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्य देव लगायतका कलाकारहरुको अभिनय रहने यो फिल्मको केही दिनमै एक्सनको वर्कशप पनि सुरु हुने वुझिएको छ ।
फिल्म ‘एैँचो पैँचो’बाट निर्देशनमा डेब्यू गरेकी निर्देशक कृषा चौलागाँइले यो फिल्मलाई भव्य बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । फिल्मको बजेट पनि ५ करोड माथि हुने वुझिएको छ ।
अहिले यो फिल्मको स्क्रिप्टमा अर्का स्क्रिप्ट राइटर अभिमन्यु निरवी पनि बसिरहेका छन् । निर्माण टिमले स्क्रिप्ट फाइनल गर्न नसकिरहेको समयमा पुरुषोत्तम र प्रदीपबीच भने लफडा भएको छ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया