सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’

फिल्म ‘लाइफ ड्यामेज’ निर्माणको घोषणा भएको छ । कन्टेन्ट क्रियटरको रुपमा काम गर्दै आएका निमेष श्रेष्ठले यो फिल्मको निर्देशन गर्न लागेका हुन् । यो फिल्ममा निमेषको साथमा नायिका सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । आज यो फिल्मको शुभसाइत गरियो ।
फेन्टासी कमेडी ड्रामा श्रेणीमा बन्न लागेको यो फिल्ममा इशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजंग थापा, अजय पन्त, निरु खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यो बर्ष नै रिलिज गर्ने अपेक्षा राखिएको फिल्ममा निमेष श्रेष्ठ र ईशा थापाको लेखन छ । यो फिल्मले अरुको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर देखाउनेछ । फिल्ममा प्रवीण खड्काको डीओपी, निमा श्रेष्ठको सम्पादन रहनेछ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया