‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’

निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, नयाँ फिल्म ‘कर्मा’ निर्माणको घोषणा आज गरेका हुन् । बसन्त लम्साल यो फिल्मका निर्माता हुन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म बन्न लागेको निर्माणपक्षले बताएको छ । 

फिल्मलाई एक्सन, एड्भेन्चर जनरामा निर्माण गरिनेछ । सौरभका अनुसार, यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । 

यो फिल्ममा कलाकारहरू अनुबन्धित हुने क्रममा रहेको भन्दै सौरभले विस्तारै सार्वजनिक गर्ने जानकारी दिए । 

सौरभले फिल्म ‘शुक्र र शनि, युनिभर्सिटी अफ गुन्डाज’को पनि निर्देशन गर्ने तयारी गरेका छन् । 

फिल्म ‘लभ डायरीज’बाट निर्देशन यात्रा सुरु गरेका सौरभले फिल्म ‘अगस्त्य’बाट चर्चा पाए । यो फिल्मबाट राम्रो प्रशंसा पाएपछि उनलाई फिल्म निर्देशनको राम्रो अफर आइरहेको छ ।

यो फिल्मको दोस्रो सिक्वेल सन् २०२६ मा रिलिज गर्ने घोषणा भइसकेको छ । सौरभ भने हाल फिल्म ‘कर्मा’ निर्देशनको तयारीमा छन् ।