भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु भएको छ । ३६ दिन लगाएर फिल्मको पहिलो चरणको छायांकन ओखलढुंगामा गरिएको थियो । दोस्रो चरणको छायांकन भने भक्तपुरमा सुरु गरिएको निर्माणपक्षले बताएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा नयाँ कलाकार अलिशा बास्तोलाको पनि प्रवेश भएको छ । यो उनको डेब्यू फिल्म हो । उनले दर्जन बढी म्युजिक भिडियोमा काम समेत गरिसकेकी छिन् । यो फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अन्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, वुद्दि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
सोसल ड्रामा जनरामा निर्माण भइरहेको यो फिल्मले गन्धर्व परिवारको कथालाई प्रस्तुत गर्छ । फिल्मका निर्देशक सरोज पौडेल हुन् । फिल्ममा उनको नै कथा छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाँई र हरि श्रेष्ठ हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ । यो फिल्मलाई आउँदो बर्ष मात्र रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
प्रतिक्रिया