‘देवी’मा नाजिर र गौरवको यस्तो लुक्स

भदौको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘देवी’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका दुई मुख्य कलाकारहरु नाजिर हुसेन र गौरव पहारीलाई पोष्टरमा स्थान दिइएको छ । फिल्मकी मुख्य नायिका शिल्पा मास्केको लुक्स निर्माणपक्षले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सञ्जोग राइको निर्देशनमा तयार भएको यो फिल्मले क्राइम थ्रीलर कथा भन्छ । एक्जिबिट स्टूडियोको प्रस्तुतिमा तयार भएको यो फिल्मको निर्माणमा बाँसुरी फिल्मस्ले पनि सहकार्य गरेको छ । फिल्मका निर्देशक राइले आफूले व्यवसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए । यो फिल्मले महिलामाथि हुने यौन हिंसा विरुद्धको कथा भन्छ ।

फिल्ममा शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था संचालकको भूमिकामा छन् । फिल्ममा टीका पहारीको पनि अभिनय छ ।

रमेन गुरुङ, नारायण राई र सञ्जोग राइको निर्माण रहेको यो फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राइलाई अजय गौतमले साथ दिएका छन् । मनोज राठी र उज्ज्वल पौडेल फिल्मका वितरक हुन् ।