भेनिस फिल्म फेस्टिभलमा ‘पूजा सर’को प्रिमियर हुने

फिल्म ‘पूजा सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्मकी मुख्य कलाकार ऋचा शर्माले यो कुराको जानकारी सामाजिक संजालबाट दिएकी छिन् । 

यो फिल्मको निर्देशक दीपक रौनियार हुन् । दीपकले यो फिल्मको नाम सुरुवातमा ‘राजागञ्ज र स्काई इज माइन’ राखेका थिए । तर, अब ‘पूजा सर’ नाम राखेर फिल्म रिलिजको तयारी गरिएको छ । 

यो फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ र पशुपति राई अभिनय छ । यो फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । 

फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनोट भएको निर्माणपक्षले बताएको छ ।