के सुशीलले जोगालान् ‘एक्सन स्टार’को ट्याग ?

फिल्म ‘लभ डायरीज’मा काम गरेपछि नायक सुशील श्रेष्ठले पर्दामा फर्कन साढे ४ बर्ष लगाए । उनले फिल्म ‘आउटलः दफा २१९’बाट आफूलाई बलियो रुपमा कमब्याक गराउने संभावना देखिएको छ । यो फिल्मको टिजर सोमबार सार्वजनिक भयो । टिजर सार्वजनिक भएपछि सुशीलको कामको चौतर्फी तारिफ भइरहेको छ । 

फिल्मको टिजरले सुशीलको चर्चा पनि बढेको छ । साढे ४ बर्ष सुशीलले एउटै फिल्मका लागि किन समय लगाए भन्ने जवाफ पनि दर्शकले पाएका छन् । 

यो फिल्मको निर्माण टिमले सुशीललाई ‘एक्सन स्टार’को ट्याग दिएको छ । असोजको ३ गतेबाट रिलिजमा आउने यो फिल्मबाट सुशीललाई ट्याग जोगाउनुपर्ने चुनौती छ । 

नेपाली फिल्म क्षेत्रमा उच्च संभावना हुँदाहुँदै पनि सुशीलले राम्रो फिल्म नपाउँदा उनी पछि परेको टिप्पणी पनि हुने गरेको छ । तर, फिल्म ‘आउट ल’को टिजरले भने उनको चर्चा बढाइदिएको छ । 

यो फिल्मको मेकिङ, सुशीलको एङ्ग्री अवतार र एक्सनको चर्चा चुलिएको छ । नेपाली फिल्म क्षेत्रले पनि सुशीलको यो कमब्याकलाई तारिफ गरेको देख्न सकिन्छ । 

यो बर्ष आम दर्शकले राम्रा फिल्मलाई निकै साथ दिएका छन् । यो बिचमा फस्टलुक र टिजरबाट नै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’लाई पनि दर्शकले साथ दिने विश्वास निर्माणपक्षको छ ।