महायज्ञमा पुगे वर्षा र अमर

फिल्म ‘मोदीबेनी’का मुख्य कलाकारहर पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा चलिरहेको एक महिने कोटीहोम महायज्ञमा पुगेका छन् ।

मानव सेवा फाउन्डेशनको प्रमुख आयोजनामा भइरहेको सो महायज्ञमा फिल्मका मुख्य कलाकारहरु वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ पुगेका थिए । आयोजकले फिल्मको टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्याएको थियो । 

नायिका वर्षा सिवाकोटीले भक्ती भावले जीवन सुन्दर हुने बताउँदै फिल्म रिलिजको अगाडि आर्शिवाद लिनका लागि महायज्ञमा सहभागी भएको बताइन् । कलाकार अमरले फिल्म सफलताका लागि आफूले आर्शिवाद मागेको बताए । 

शंकर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा सरोज खनाल, प्रविण खतिवडा, रेजिना उप्रेती, दिलिप केसी, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतका कलाकारको पनि अभिनय छ ।

डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको यो फिल्ममा दिलिप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माताको रुपमा छन् । आनन्द विक्रम क्षेत्रीले लेखेको फिल्मलाई उत्सव दाहालले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।