‘छक्का पन्जा ५’मा लुकेका तेज

असोजको २४ गतेबाट फिल्म ‘छक्का पन्जा ५’ रिलिजमा आउँदैछ । यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने अनुमान लगाइएको छ । 
यो फिल्मको छायांकन ५१ दिन लगाएर सकिएको छ । निर्माणपक्षले एउटा गीत बाँकी राखेर अन्य सबै दृश्यको छायांकन सकेको हो । 

दीपाश्री निरौला निर्देशित यो फिल्मका तीन जना कलाकारको नाम मात्र हालसम्म बाहिर आएको छ । फिल्मको टिमले पनि सह–कलाकारहरुको नाम लुकाउँदै आएको छ । 

हरि हुमागाँइको छायांकन रहेको यो फिल्ममा कलाकार तेज गिरीको पनि अभिनय रहेको वुझिएको छ । फिल्म ‘प्रेमगञ्ज’बाट चर्चामा आएका तेजले फिल्म ‘उपहार’मा पनि काम गरेका थिए । 

फिल्म ‘छक्का पन्जा ५’मा उनको भूमिका के हो भन्ने खुलेको छैन । सामाजिक कथावस्तुलाई कमेडीको शैलीबाट भनिएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मको पहिलो गीत भदौको १ गते रिलिज गर्ने तयारी गरिएको छ ।