बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज

फिल्म ‘ब्याड न्यूज’ बलिउडका लागि गुड न्यूज लिएर आएको छ । बक्स अफिसमा निरन्तर फिल्महरूले असफलताको व्यापार गरिरहेको समयमा यो फिल्मले भने सुखद कमाई गरेको छ । विकेन्डमा यो फिल्मको व्यापार ३० करोड माथि पुगेको छ । 

यो फिल्मले बक्स अफिसमा शुक्रबार ८.५० करोडको ओपनिङ गर्यो । फिल्मका मुख्य नायक विक्की कौसलको करिअरकै ठूलो ओपनिङ यो फिल्मले गरेको थियो । शनिबार फिल्मले १०.५० करोडको व्यापार गरेको थियो ।

आइतबारको बिदामा फिल्मले ११.३५ करोडको व्यापार गरेको छ । तीन दिनमा फिल्मले ३०.३५ करोडको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

फिल्ममा तृप्ति डिमरीको पनि मुख्य भूमिका छ । उनको करिअर पनि बलिउडमा चम्किरहेको छ । यो फिल्मले उनलाई अझै माथि लैजाने पक्का देखिएको छ ।