‘हन्टर’का लागि एक्सन सिक्दै गरिमा, अरुणसँग जोडी पक्का
विगत केही सातादेखि नायिका गरिमा शर्माले जीममा वर्क आउट गरिरहेको भिडियो सामाजिक संजालमा पोष्ट गरिरहेकी छिन् ।
गरिमाले आफूलाई जिममा दैनिक रुपमा व्यस्त बनाउनुको कारण हो, फिल्म ‘हन्टर’ । एक्सन जनरामा बन्न लागेको यो फिल्मको मुख्य भूमिकामा गरिमाले काम गर्ने पक्का भइसकेको छ । यही फिल्मका लागि गरिमा अहिले दैनिक रुपमा वर्क आउट गरिरहेकी छिन् ।
क्याच कक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई जीवन सिंहले निर्देशन गर्दैछन् । फिल्ममा गरिमाको साथमा नायक अरुण क्षेत्रीले जोडी बाँध्ने पक्का भएको छ । फिल्ममा पूर्णिका सिजापति, मिस पवीको पनि मुख्य भूमिका रहनेछ ।
जीवन सिंहकै निर्माणमा तयार हुन लागेको फिल्मका सह–निर्माता ईश्वर शर्मा हुन् । फिल्ममा महेश पौडेलको छायांकन रहनेछ । सुदुरपश्चिममा खिचिने फिल्मको छायांकन मङसिरबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । अन्य कलाकारहरू पनि फाइनल गर्ने तयारी भइरहेको निर्माणपक्षले बताएको छ ।
लगातार सह–नायिकाको रुपमा काम गरिरहेकी गरिमा अब भने ‘हन्टर’मा मुख्य नायिकाको रुपमा देखिदैछन् । यसैले, यो फिल्मका लागि उनले मिहिनेत पनि खुबै गरेको देख्न सकिन्छ ।
प्रतिक्रिया