‘लाज शरणम्’मा सागर, मालादेखि मुकुन्दसम्म

फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमेडी जनरामा बन्ने फिल्म निर्माणको घोषणा गरिएको हो ।
फिल्मलाई जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलको लेखन तथा निर्देशन छ । फिल्ममा नवीन श्रेष्ठ निर्माता र रमेश नरेश शाह सह–निर्माताको रुपमा छन् । सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, कमलमणी नेपाल, माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका छ ।
मुकुन्दले १२ बर्षपछि फिल्ममा फेरि काम गर्न लागेका हुन् । अन्य कलाकारहरुको बिषयमा विस्तारै जानकारी दिने निर्माणपक्षले बताएको छ ।
यो फिल्मलाई फागुनको १४ गतेबाट रिलिज गर्ने घोषणा समेत गरिएको छ । कार्यक्रममा कलाकार हरिवंश आचार्य, निर्देशकद्धय दीपाश्री निरौला र प्रदीप भट्टराईले शुभकामना दिएका थिए ।
फिल्मका निर्देशक कुमारले यो फिल्म सिंगो फिल्म नगरीको फिल्म भएको बताए । कार्यक्रममा कुमारको जन्मदिनको सेलिव्रेशन समेत गरिएको थियो ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया