‘पर्वत समाज दक्षिण कोरियाले’ वृहत्त सांस्कृतिक तथा बनभोज कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय रहेको ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत्त सांस्कृतिक कार्यक्रम तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।

आगामी अगस्ट ३ र ४ तारिखमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजागारीमा व्यस्त रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबिच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष दीपक केसीले जानकारी दिए । 

यो कार्यक्रममा सहभागीताका लागि पुरुषलाई ९० हजार वन, महिलालाई ७० हजार वन र जोडीलाई डेढ लाख वन तोकिएको छ । यो कार्यक्रम खाफ्याङ्ग गुन छाङ फ्योङ्ग मेन, देसङरी नामिटखिल ६ नामिटामन फाकमा आयोजना हुनेछ । 

यो कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरिया टिमको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा प्रमोद भुषाल, अमृत चापागाँई, संजोग भुषाल, अनिस केसी, अनु अधिकारी, विपना अधिकारीको प्रस्तुति रहने बताइएको छ ।