नीताको पहिलो यात्रामा रेखाको साथ

नायिका नीता ढुंगानाले फिल्म ‘मितिनी’मा बाल–कलाकारको रुपमा काम गरिन् । यो फिल्ममा नीताले बाल कलाकारको रुपमा काम गर्दा नायिकाको रुपमा भने रेखा थापाले काम गरेकी थिइन् । नीताको फिल्मी करिअरको पहिलो यात्रामा रेखा थापाले साथ दिएकी थिइन् ।
उनै, नीताले निर्मात्री बनेर काम गरिरहेको पहिलो फिल्म ‘ह्रस्व दीर्घ’को हाल धमाधम छायांकन भइरहेको छ । यो फिल्मका लागि नीताले तीन बर्ष समय बिताइसकेकी छिन् । फिल्मलाई असोजको ३ गतेबाट रिलिज गर्ने तयारी छ ।
निर्मात्रीको रुपमा पहिलो यात्रा थालेकी नीतालाई यसपटक पनि रेखाले साथ दिएकी छिन् । रेखाले यो फिल्ममा विशेष भूमिकामा काम गरेकी छिन् ।
रेखाले यो फिल्ममा काम गरेपछि नीता लेख्छिन्–‘मेरो करिअरको सुरुवाती दिनमा तिमी थियौं दिदी । अहिले पहिलो पटक निर्माता बनेर फिल्म बनाउँदा तिमीलाई कसरी नसम्झिनु । धन्यवाद यो साथ र मायाका लागि ।’
चन्द्र पन्तको निर्देशनमा छायांकन भइरहेको यो फिल्ममा नीतालाई पुराना नायिकाहरु विपना थापा, संचिता लुइटेलले पनि साथ दिएका छन् ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

प्रतिक्रिया