केटा मान्छेहरुले जती गल्ती गरेपनि देखिदैनः समीक्षा अधिकारी
गायिका समीक्षा अधिकारीले समाजमा छोरी मान्छेहरूलाई हेर्ने नजर फरक रहेको बताएकी छिन् ।
फिल्म ‘बुलाकी’को एक गीतमा स्वर भरेपछि मिडिया कुराकानीमा उनले भनिन्–‘केटा मान्छेहरूले जति गल्ती गरेपनि देखिंदैन । छोरीको केही भयो भने उसलाई पछाडि नै पारिन्छ । तर, अब जित्नुपर्छ । अगाडि बढ्नुपर्छ । आफू सही छ भने किन डराउने ?’
समीक्षाले नेपालमा सबैभन्दा बढी गाली खानेमा आफू पर्ने गरेको सुनाइन् । भनिन्–‘पहिले सुरु सुरुमा निकै गाह्रो हुन्थ्यो । तर, गाली गाएर के गर्नु ? अहिले त मैले वास्ता पनि गर्न छाडेकी छु । मैले सबै पचाइसकेँ ।’
सामाजिक संजालमा बेलाबखत समीक्षाले लेख्ने स्टाटस पनि चर्चामा रहन्छ । उनले, आफूलाई कसैलाई भन्न मन लागेर नै लेख्ने गरेको पनि सुनाइन् ।
समीक्षाले नेपालमा झरी पर्ने सिजनमा कन्सर्टहरू नहुने भएकाले आफू विदेशमा आयोजना हुने कार्यक्रममा व्यस्त रहेको सुनाइन् ।
प्रतिक्रिया