अक्षयको फिल्मको ओपनिङ साढे २ करोड

बलिउड नायक अक्षय कुमारको करिअरमा खराब दिन चलिरहेको छ । उनका फिल्म एकपछि अर्को बक्स अफिसमा असफल भइरहेका छन् । तर, पनि बर्षमा आधा दर्जन फिल्म खेल्न उनले छाडेका छैनन् । 

उनले, अभिनय गरेको फिल्म ‘सरफिरा’ले बक्स अफिसमा कमजोर व्यापार गरिरहेको छ । यो फिल्मले शुक्रबार साढे २ करोडको ओपनिङ गरेको थियो । शनिबार फिल्मको व्यापार ४.५० करोड छ ।

दुई दिनमा ७ करोड मात्र कमाएको यो फिल्मले आइतबार करिब ५ करोडको कारोबार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मले विकेन्डमा कमजोर व्यापार गरेको छ । 

यो फिल्म दक्षिण भारतीय फिल्म ‘उडान’को रिमेक हो । अक्षयको फिल्म ‘बडे मिया छोटे मिया’ पनि बक्स अफिसमा सुपर फ्लप भएको थियो । उनको आउँदो महिना पनि अर्को एक फिल्म रिलिज हुँदैछ ।