‘ह्रस्व दीर्घ’मा रेखाको सरप्राइज

फिल्म ‘ह्रस्व दीर्घ’मा नायिका रेखा थापाको इन्ट्री भएको छ । कलाकारहरुको लाइनअपका कारण नै चर्चामा रहेको यो फिल्ममा रेखाको प्रवेशसँगै झनै चर्चा हुने निश्चित छ । 

निर्माणपक्षले रेखा थापाको भूमिका छायांकन गरिसकेको छ । सार्वजनिक तस्विरमा फिल्मका निर्देशक चन्द्र पन्त र नायिका तथा निर्मात्री नीता ढुंगानाले रेखासँग छलफल गरेको देख्न सकिन्छ । फिल्ममा रेखाको छोटो तर महत्वपूर्ण भूमिका रहेको निर्देशक पन्तको भनाई छ । उनले, रेखाबाट दर्शकले ठूलो सरप्राइज पाउने दाबी गरे । यो फिल्म असोजको ३ गतेबाट रिलिजमा आउँदैछ । 

गतबर्ष फिल्म ‘उपहार’मा काम गरेपछि रेखाले नयाँ फिल्म साइन गरेकी छैनन् । उनले, फिल्म ‘काली २’ बनाउने चर्चा समेत छ । यो फिल्मको एउटा गीतको छायांकनका लागि यसको टिम मुम्बई जाने तयारीमा छ । मुम्बईमा एउटा डान्सिङ नम्बरको छायांकन हुनेछ, जसलाई बलिउडका कोरियोग्राफरले कोरियोग्राफी गर्नेछन् ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा नीतासँगै हरिहर अधिकारी, दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, अली, सुनिल बर्मा, कविर दुहानको अभिनय छ । यस्तै, बलिउड कलाकार प्रदीप राउतलाई  पनि फिल्ममा देख्न सकिन्छ ।

फिल्ममा कलाकारहरू विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, संचिता लुइँटेल, वुद्दि तामाङ, किरण केसी, रविन्द्र झा लगायतको पनि अभिनय छ ।