शनिबार आक्रामक ‘घरज्वाइँ’
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले शनिबार आक्रामक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीको प्रभावका कारण औषत सुरुवात गरेको फिल्मले दिवा र रात्रि शोमा राम्रो कमाई गरेको थियो ।
तर, शनिबार भने बिहानैबाट फिल्मले आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले जानकारी दिए । शनिबार बिहानी शोमा ८० प्रतिशत र १२ बजे पछिका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएको थियो ।
शुक्रबार दर्शकबाट राम्रो वर्ड अफ माउथ प्राप्त भएपछि शनिबार अधिकांश हलले शोज समेत बढाएका थिए । शनिबार बिहानैबाट उपत्यकासहित मोफसलका ठूला स्टेशनहरु पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान, बिर्तामोड, बुटवल, दाङ, नेपालगन्जमा दर्शकको चाप उच्च थियो ।
दुई दिने सुखद व्यापार गरेपछि आज आइतबार पनि अधिकांश हलले शोजमा कटौती नगरेको निर्माता जनकघर्ती मगरले जानकारी दिए ।
अनिल बुढा मगरको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, कविता आले लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया