‘घरज्वाइँ’को सुखद सुरुवात, शनिबार बम्पर व्यापारको अपेक्षा
आज शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘घरज्वाइँ’ले बक्स अफिसमा सुखद सुरुवात गरेको निर्माणपक्षले बताएको छ । बिहानी शोमा पानीको प्रभाव परेतापनि दिवा शोबाट देशभरका हलमा नै ५० देखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले जानकारी दिएका छन् ।
शुक्रबार काठमाडौंसँगै मोफसलका दाङ, बुटवल र नेपालगञ्जमा पनि फिल्म हेर्ने दर्शकको चाप सुखद रहेको छ । जसकाकारण, भोलिका लागि शोजमा वृद्धि समेत गरिएको छ । फिल्मको वर्ड अफ माउथ उत्कृष्ट आएकाले पनि भोलि शनिबार फिल्मले बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।
निर्माणपक्षले फिल्मका मुख्य कलाकारद्ध नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडीलाई मन पराएको बताएको छ । साथै, फिल्मको कथावस्तुले पनि दर्शकको मन जितेको निर्माणपक्षको भनाई छ ।
अनिल बुढा मगरको निर्देशनमा तयार भएको यो फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा शिशिर वाङ्देल, पुस्कर गुरुङ, वुद्दि तामाङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया