दोस्रो बिहे गर्दै रमेश उप्रेती

नायक रमेश उप्रेतीले दोस्रो बिहेको तयारी गरेका छन् । उनले, मंसिरमा दोस्रो बिहे गर्न लागेका हुन् । रमेशले फिल्म क्षेत्र भन्दा बाहिरकी युवतीसँग बिहे गर्न लागेको वुझिएको छ । 

उनले, परिवारबाट दबाब आएपछि बिहे गर्न लागेको उल्लेख गरेका छन् । रमेशले यूवति रोज्ने जिम्मा पनि आफूले परिवारलाई नै छाडेको बताएका छन् । 

रमेशले अहिले बिहेको बारेमा केही पनि बताएका छैनन् । तर, सबै कुरा फाइनल भएपछि मिडियालाई जानकारी दिने उनको भनाई छ । 

लामो समय अमेरिका बसेर फर्किएका रमेशले फिल्म ‘ब्रासलेट र ऐश्वर्य’मा काम गरेका छन् । उनले काम गर्ने भनेको अर्को फिल्म ‘राजामहल’को छायांकन नै प्रारम्भ हुन सकेन ।