सन्तोष सेन लेख्छन्–‘२–३ सयलाई मख्ख पारेर अब केही हुनेवाला छैन’
फिल्म ‘बलिदान’ निर्माणको अन्तिम चरणमा रहेका निर्देशक तथा निर्माता सन्तोष सेनले अब २–३ सयलाई मख्ख पार्न फिल्म नबनाउने बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफूले बनाएका फिल्ममध्ये ‘प्रेमगीत ३’ स्मरणीय रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘यो फिल्मले बलिउड सहित संसारभर नेपाली फिल्मको नाम फैलाउन सफल भएको मैले महशुश गरेको छ । तर, यो सफलता सजिलै पाएको थिइनँ । मैले, बलिउड बजारमा ठूलो मूल्य चुकाउनु पर्यो । करोडौं बलिदान गर्नुपर्यो । यस्तै धेरै कथा मैले मेरै देशमा पनि सहनुपर्यो ।’
उनी अगाडि लेख्छन्–‘अब मेरो उद्देश्य स्पष्ट छ कि, नेपाली फिल्म उद्योगलाई साउथ इण्डियन उद्योगको स्तरमा पुर्याउने । एक्लै भए पनि म यो सपना पुरा गरेरै छाड्छु । मलाई के आशा र भरोसा छ भने मेरा नेपाली फ्यान हुँदा सम्म मेरो यात्रा कहिले रोकिनेवाला छैन । यहाँ २–३ सय जनालाई मख्ख पारेर अब केही हुनेवाला छैन ।’
उनले, अब आफ्नो बलिदानको संघर्ष सुरु भएको पनि उल्लेख गरेका छन् । उनले यो आफ्नो जीवनको वारपार गर्ने संघर्ष नभएर नेपाली फिल्मको अन्तराष्ट्रिय दबदबाको यात्रा खास किसिमले सुरु भएको बताएका छन् ।
समीर भट्ट, सौगात मल्ल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहने यो फिल्मको छायांकन चाँडै नै सुरु गर्ने तयारी सन्तोषको छ । यसका लागि अहिले प्रि–प्रोडक्शनको काम धमाधम चलिरहेको छ । फिल्मका लागि भारतबाट ५० जना प्राविधिक टोली समेत नेपाल भित्राइएको छ ।
प्रतिक्रिया