‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन

नायिका आलिया भट्टले यशराज फिल्मस्को नयाँ फिल्म ‘अल्फा’को छायांकन सुरु गरेकी छिन् । स्पाई यूनिभर्सको यो फिल्ममा आलिया शरवरी वाघको साथमा देखिदैछिन् । 

यो फिल्ममा आलियाको एक्सन दृश्यहरु समेत समेटिनेछ । यसका लागि आलियाले ४ महिनाको कोर्स समेत लिएकी छिन् । यो फिल्ममा आलिया एजेन्टको भूमिकामा देखिन लागेकी छिन् । मिडियाका अनुसार, आलियाले यस अगाडि यस्तो भूमिका कहिले पनि गरेकी छैनन् । 

यो फिल्ममा आलियाको ५–६ वटा एक्सनका दृश्य समावेश हुनेछन् । यही फिल्मका लागि आलियाले आफूलाई फिट पनि राखिरहेकी छिन् । फिल्म ‘टाइगर र पठान’मा कट्रिना कैफ र दीपिका पादुकोणलाई दर्शकले निकै रुचाए । यही सफलता देखेर आदित्य चोपडाले आलियालाई लिएर स्पाई यूनिभर्सको फिल्म बनाउन लागेका हुन् । 

यो फिल्मको स्टन्ट दृश्यका लागि यशराज ब्यानरले कोरियन स्टन्ट व्यवस्थापकलाई समेत भारत ल्याइनेछ । यो फिल्ममा कलाकार बबी देवल भिलेनको रुपमा देखिदैछन् ।