‘घरज्वाइँ’को प्रिमियरमा कसले के भने ?

असारको २८ गते अर्थात् शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको बीग मुभिजमा आयोजित प्रिमियरमा फिल्म क्षेत्रका केही अनुहार पुगे । 

प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, निर्देशक तथा कलाकार अशोक शर्मा, नायिका उपासना सिंह ठकुरी, नायक कुन्साङ बम्जन, कलाकार पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्देशक अपिल बिष्ट, अशोक थापा, नायक नरेन खड्का लगायत  पुगेका थिए । 

नायिका उपासना सिंह ठकुरीले फिल्मको स्टोरी लाइन आफूलाई निकै मन परेको सुनाइन् । उनले, आफू सुदूरपश्चिमबाट आएको भन्दै यो संकृती निकै मन परेको तर्क गरिन् । 

यस्तै, नायक दयाहाङ राईले आफूलाई नेपालका विभिन्न संस्कृतिमाथि रुची भएको तर्क गरे । सोही रुची अनुसार आफूले भ्याएसम्म बुझ्ने कोशिश गरेको उनको तर्क थियो । 

यस्तै, नायिका मिरुना मगरले भनिन्–‘यो फिल्म हेरेपछि हामी मगरहरू सांस्कृतिक रुपमा कति धनी रहेछौँ भन्ने महशुश भयो । यसैले, दर्शकले मगर संकृती वुझ्न र जान्नका लागि यो फिल्म हेर्नुपर्छ ।’

अनिल बुढा मगरको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मलाई जनकघर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दया र मिरुनाको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले लगायतका कलाकारहरुको अभिनय छ । 

फिल्ममा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ ।