प्रदीपको ‘एक्लो’मा दिनेश र सुरज फाइनल

प्रदीप शाहीले निर्देशन गर्न लागेको फिल्म ‘एक्लो’मा दुई संचारकर्मी तथा कलाकार अनुबन्धित भएका छन् । यो फिल्ममा कलाकारद्वय दिनेश डीसी र सुरज सिंह ठकुरी फाइनल भएका हुन् । यी दुई कलाकारको भूमिका के हो भन्ने खुलाइएको छैन ।

दुबै जना कलाकारले निर्देशक प्रदीप शाहीसँग काम गर्दा नयाँ अनुभव हुने बताए । भदौ महिनाको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको यो फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, बेनिशा हमाल, कविता नेपाली, दीया पुन, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहने पक्का भइसकेको छ ।

निर्देशक शाहीले नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले यो फिल्म निर्माण गर्न लागेको दाबी गरे । 

साई प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्रयाम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । यो फिल्मका लागि हाल सेट निर्माणको काम भइरहेको छ ।

निर्माणपक्षले फिल्मका लागि रकेटको समेत निर्माण गरिरहेको छ । यो फिल्मका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री हुन् ।