‘हामी छौं’को ‘यो नजिकको कुरा’मा रोमान्टिक देखिए सलिना र आर्यन

प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेललाई रोमान्टिक अवतारमा देखाउँदै डकुड्रामा ‘हामी छौं–सिजन १’को गीत रिलिज गरिएको छ । ‘यो नजिकको कुरा’ बोलको गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बास्कोटाको संगीत छ ।

यो डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुनेछ । दशैंमा ओटीटीबाट सार्वजनिक गर्न लागिएको यो डकुड्रामा ७ भागको हुनेछ । यो डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुशान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान लगायतको पनि अभिनय छ ।

शोभितका अनुसार यो डकुड्रामामार्फत सात प्रदेशका सात जना अशक्त र आर्थिक रुपमा कमजोर व्यक्तिहरूलाई छनोट गरिएको प्रस्तुतकर्ता बस्नेतले जानकारी दिए ।

रामजी राउतको निर्देशनमा तयार भएको डकुड्रामामा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन छ ।