बालेनलाई विशालको कटाक्ष–‘दोष ओलीलाई दिएर चिल बस्ने’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले फेरि कटाक्ष गरेका छन् । विशेषगरि, बालेनले शनिबार काठमाडौं डुबानमा परेपछि केपी ओलीलाई दोष दिँदै स्टाटस लेखेका थिए ।
अब, बालेनको नाम नलिई भण्डारीले उनीमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन्–‘हाम्रो कमेडी च्याम्पियनको स्टुडियो मूलपानीको आँगनमा पानी जमेछ । म यसको दोष केपी ओलीलाई दिन चाहन्छु । हुनत, २ बर्ष अगाडि स्टुडियो किन्दा नै यो समस्या आउने हेक्का थियो । तर, वेवास्ता गर्दै हामीले नै ढलको उचित निकास र जमिनको स्लोप नमिलाको हौं ।’
उनी अगाडि लेख्छन्–‘अब स्टुडियोमा कर्मचारी थुनिएका छन्, हताहत भएका छन् । उनीहरू ममाथि खनिनु अघि सबै आरोप केपी ओलीमा हाल्दिने, अनि चीलमा बस्ने । २ बर्षदेखि सबै थाहा हुँदाहुँदै गर्न चै मैले केही पनि गरिन । अब मान्छे कराउने बेला भयो तर गाली अर्कोलाई खुवाउ कि म खानु र ?’
भण्डारीको यो कटाक्ष बालेनमाथि हो भन्ने प्रष्ट हुन्छ । उनले, २ बर्षदेखि काठमाडौं महानगरको मेयर भएर पनि बालेनले ढल निकासमा केही नगरेको र पानी जमेर जनताले दुःख पाएपछि ओलीलाई दोष थुपारेको भन्दै घुमाउरो पारामा कटाक्ष गरेका हुन् ।
प्रतिक्रिया