दशैंमा दीपक र निश्चलको भिडन्त टर्यो, विराजले के गर्लान् ?

यो बर्षको दशैंमा चार वटा फिल्म रिलिज हुने पक्का भएको छ । जसमध्ये दुई वटा फिल्मका मेकरले प्रदर्शनको दिन नै तय गरेका थिए भने दुई निर्माताले गरेका थिएनन् । निर्माता अर्जुन कुमारले आफ्नो फिल्म ‘सानो संसार’लाई घटस्थापनाको दिनमा रिलिज गर्ने फाइनल गरिसकेका थिए । 

अब, यो दिनमा अर्थात् असोजको १७ गते फिल्म ‘बेहुली फ्रेम मेघौली’ रिलिज हुने पक्का भएको छ । यो फिल्मलाई दशैंमा रिलिज गर्ने पक्का गरिए पनि दिन भने तोकिएको थिएन ।

तर, निर्माणपक्षले आज एउटा गीत सार्वजनिक गर्दै घटस्थापनालाई रिलिज मिति पक्का गरेको हो । निश्चल बस्नेत र स्वस्तिमा खड्काले अर्का मेकर दीपकराज गिरी र दीपाश्री निरौलासँग सल्लाह गरेर यो मिति फाइनल गरेका हुन् । 

दीपकराज र दीपाश्रीको फिल्म ‘छक्का पन्जा ५’ असोज २४ गते अर्थात् फूलपातीमा रिलिज हुने पक्का भइसकेको छ । अब, दीपक र निश्चलको भिडन्त भने टरेको छ । 

तर, दशैंमा नायक विराज भट्टको फिल्म ‘१२ गाउँ’ पनि रिलिज गर्ने पक्का गरिएको छ । तर, विराजले रिलिजको दिन भने तोकेका छैनन् । यसैले, अब यो फिल्म घटस्थापना, फूलपाती वा अरु कुनै दिनमा रिलिज हुन्छ भन्न सकिने अवस्था छैन । विशेषश्रोतका अनुसार, यो फिल्मलाई फूलपातीको दिनबाट रिलिज गर्ने तयारी गरिएको छ । तर, विराजले यो बिषयमा केही पनि बोलेका छैनन् । 

दशैंमा अर्को एउटा फिल्म पनि रिलिज हुन लागेको वुझिएको छ । तर, यस बिषयमा आधिकारिक घोषणा भने भएको छैन ।