‘ईश्वर’को ‘तिमी आयौं’मा पृथ्वीसँग रोमान्टिक अनु


साउनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौं’ सार्वजनिक भएको छ । कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पृथ्वीराज प्रसाई र अनु शाह फिचर्ड छन् । यो गीतको भिडियोलाई पोखरामा खिचिएको हो ।
 
राजु गिरीको निर्देशनमा तयार भएको यो फिल्ममा ध्रुव थापा, सुनील थापा, वुद्दि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण, भोजराज देवकोटाको पटकथा तथा संवाद, लक्ष्मी कुँवरको प्रस्तुति छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुमागाँइको छायांकन, देव महर्जनको एक्सन छ ।