भदौ २८ मा ‘तेल भिसा’ नआउँदा कुन आउला ?

छायांकनमा जानु अगावै निर्देशक शंकर घिमिरेले फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति तय गरे । यो फिल्मलाई भदौको २८ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको थियो । तर, अब यो मितिमा यो फिल्म रिलिज नहुने भएको छ । 

मेरो फिल्मलाई प्राप्त जानकारी अनुसार केही महिना फिल्मको रिलिज मिति पोष्टपोन्ड हुनेछ । फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा सकिएको छ । अब, नायक विपिन कार्की दोस्रो चरणको छायांकनका लागि तयार भएका छन् । 

यो फिल्ममा विपिन कार्की, वर्षा राउत, पूजा चन्द लगायतका कलाकारको अभिनय छ । निर्माणपक्षले नायक विपिन कार्कीको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जहाँ अब कुन मितिमा फिल्म रिलिज होला भनेर प्रश्न सोधिएको छ । 

यसैले, अब ‘तेल भिसा’ निर्धारित मितिमा नआउने निश्चित भएको छ । भदौ महिनाका ३ साता फिल्मले भरिएका छन् । अब, चौथो साता अर्थात् भदौको २८ गते कुन फिल्म रिलिज हुन्छ, हेर्न बाँकी छ ।