म्युजिकल फिल्म ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक

कर्णाली प्रदेशको जन–जीवनमा आधारित रहेर तयार पारिएको म्यूजिकल फिल्म ‘हिरुलालः द सोल अफ कर्णाली’को काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको यो गीतमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ । 

आर्थिक र विभिन्न अवस्थाका कारण विदेशीन वाध्य स्थानीयहरू पीडालाई फिल्ममा देखाइएको छ । रतन देवकोटाको निर्देशनमा तयार भएको यो भिडियोमा रेनु नाथ योगी, संजय परियार र चक्र बमले अभिनय गरेका छन् । 

गीतमा रतन देवकोटाको शब्द, डिक्रा देवी वादीको, चक्र बम र रचना रिमालको स्वर, चक्र बमको संगीत छ ।