यस्तो छ विकास बोर्डको लोगो र नारा

चलचित्र विकास बोर्डले स्थापनाको २४ बर्षपछि नयाँ लोगो पाएको छ । आइतबार आयोजित वार्षिकोत्सव समारोहमा विकास बोर्डको नयाँ लोगो सार्वजनिक गरियो । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् । 

यो लोगोलाई राधेश्याम मुल्मीले तयार पारेका हुन् । लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटल सम्मको प्रविधि र नेपाली मौलिकतालाई समेटिएको लोगो निर्माणका परिकल्पनाकार केएल वुढाथोकीले जानकारी दिए । 

यस्तै, बोर्डले आफ्नो नयाँ नारा पनि तय गरेको छ । ‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ भन्ने नारा बोर्डले तय गरेको हो ।

बोर्ड अध्यक्ष भुवन केसीले यो नारा बोलेका थिए । बोर्डले यसअघि नेपाल सरकारको लोगो नै प्रयोग गर्दै आएको थियो ।