करिश्माको उपस्थितीमा ‘निलम्स अवार्ड’ सम्पन्न

नायिका करिश्मा मानन्धरको  उपस्थितीमा काठमाडौंमा ‘निलम्स अवार्ड’ सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा ट्रान्स एक्टिभिस्ट, मेकअप आर्टिस्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको हो । कार्यक्रममा देवनारायण चौधरी, अब्दुल शाहमद, किरण थापा, रजनी थकाली, रेसम न्यौपाने, अन्जली बीसी, राजु लामालाई सम्मान गरिएको थियो । 

साथै, अवार्ड कार्यक्रममा ‘मिस पिंक नेपाल २०२४’ अनमोल राई, फस्ट रनरअप सरोसी न्यौपाने र सेकेन्ड रनरअप आरोही बस्नेतलाई सामाजिक परिवर्तनप्रतिको समर्पणको लागि एचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो ।

यही बर्षदेखि ‘महामहिम’ पुरस्कार पनि सुरु गरिएको थियो । जसमा संचिता बराल र सोनम सुब्बा लिम्बुलाई अवार्ड प्रदान गरियो । कार्यक्रममा नायिकारुहरु स्वेता खड्का, पूजा चन्द लगायतको पनि उपस्थिती थियो ।