स्वस्तिमाले किनिन् ५२ लाखको विद्युतीय कार

नायिका स्वस्तिमा खड्काले विद्युतीय कार खरिद गरेकी छिन् । स्वस्तिमाले ‘महिन्द्राको एक्सयुभी ४०० इलेक्ट्रिक कार’ खरिद गरेकी हुन् । 

अग्नि इनकर्पोरेट प्रालिले यो कारको विक्री सुरु गरेको हो । एक्स्यूभीको पहिलो ग्राहक नै नायिका स्वस्तिमा खड्का बनेकी हुन् । 

स्वस्तिमाले किनेको यो कारको मूल्य ५२ लाख ५० हजार पर्छ । स्वस्तिमाले सामाजिक संजालमा पोस्ट गरेको भिडियोमा कार किनेपछि उनका श्रीमान् निश्चल बस्नेत र उनकी सासु आमाले पूजा गरेको देख्न सकिन्छ । 

स्वस्तिमाले केही समय अगाडि रातो रंगको कार पनि खरिद गरेकी थिइन् । नेपाली फिल्म क्षेत्रकी सर्वाधिक व्यस्त नायिका खड्काको रोजाइमा अब विद्युतीय कार परेको देखिन्छ । 

कामको कुरा गर्नुपर्दा स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ रिलिजको तयारीमा छ । यस्तै, उनले फिल्म ‘बसन्त’मा पनि काम गर्दैछिन् । उनी ब्रान्ड बजारमा पनि सर्वाधिक लोकप्रिय मानिन्छिन् ।