कृषिमा आधारित गेम शो ‘र’लाई राजेश हमालले होस्ट गर्ने

नायक राजेश हमालले कृषिमा आधारित गेम रियालिटी शो ‘र’को होस्ट गर्ने भएका छन् । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा यो शोको लागि आवेदन खुल्ला गरिएको पनि जानकारी दिइयो ।

तिनै तहका सरकारहरूसँग साझेदारी गर्दै हालसम्म विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थासँग रियालिटी शोका लागि साझेदारी भएको आयोजकले बताएको छ ।

यो शोमा व्यवसायीक किसान, वीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने बताइएको छ । १६ भागमा यो कार्यक्रम प्रशारण हुनेछ । 

आयोजकले ‘समृद्धिको लागि नयाँ दृष्टि’को नाराको साथ कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य श्रृङ्खलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ ।