हिमाल र केकीको ‘न मैले लेखेँ’

गायक हिमाल सागरको स्वर र सङ्गीतमा २१ बर्ष अगाडि तयार भएको ‘रिलेशन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखेँ, न उनले लेखिन्’ को नयाँ भर्सन म्युजिक फिल्म तयार गरिएको छ ।

आज आयोजित एक कार्यक्रमको आयोजना गर्दै गायक हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिक फिल्म आधुनिक स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको हो । 

सार्वजनिक म्युजिक फिल्ममा मानस केसीको शब्द छ भने योगेश काजी शाहले एरेन्ज गरेका छन् । 

गीतमा गायक हिमालसँगै नायिका केकी अधिकारीले अभिनय गरेकी छिन् । नायिका अधिकारीले यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन् । 

गीतमा निकेश खड्काको निर्देशन, धीरज जङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन छ । पहिलो भिडियो भन्दा फरक र सरल प्रस्तुतिमा नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए ।