ऋचा र प्रतापको ‘एउटा जून’ रिलिज

गायक प्रल्हाद तिमिल्सिनाको स्वरमा नयाँ गीत ‘एउटा जून’ रिलिज भएको छ । आलोक श्रीको संगीतमा तयार भएको यो गीत टेक तामाङको शब्द छ । 

यो गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । जया शर्मा भिडियोको क्रियटिभ डाइरेक्टर हुन् । भिडियोमा मोडलद्धय ऋचा थापा र प्रताप पाल ठकुरीको अभिनय छ ।

उत्सव दाहालले खिचेको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।