अमेरिकाको न्यूयोर्कमा सुशान्तको कन्सर्ट

गायक सुशान्त केसीले अमेरिकाको न्युयोर्कमा दर्शकलाई झुमाउने भएका छन् । न्यूयोर्कस्थित टाइम्स स्क्वायरको प्लाडिनियममा आगामी जुलाई २० अर्थात् साउनको ५ गते उनले दर्शकलाई झुमाउने भएका हुन् ।

‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट इन न्युयोर्क’ नाम दिएर यो कार्यक्रम आयोजना गर्न लागिएको हो । हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्यूमा पहिलो पटक नेपाली कलाकारको यो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सुशान्त सहित ११ जना ब्यान्डका सदस्यहरूको प्रस्तुति रहनेछ । यो कार्यक्रमको आयोजना ठमेल एनवाइसीका तर्फबाट लेलिन कँडेल, जिमी गुरुङ र रोशन गौचनले गरेका हुन् । नेपाली गीतसङ्गीतलाई विश्व बजारमा पुर्याउन यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । 

यो कार्यक्रममा १६ बर्ष भन्दा माथिका दर्शकले मात्र सहभागिता जनाउन पाउने बताइएको छ । सुशान्तको कार्यक्रम अमेरिकाका अन्य ११ स्थानमा पनि आयोजना हुनेछ । यो कन्सर्ट करिब ४ घण्टासम्म चल्नेछ ।