प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड

बिहिबारदेखि रिलिजमा आएको तेलुगु  फिल्म ‘कल्की’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । यो फिल्मले रिलिजको पहिलो दिन विश्व बजारबाट १ सय ९० करोडको ग्रस कलेक्शन गरेको छ । 

यो फिल्मले हिन्दी भाषामा २२.५० करोडको ओपनिङ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मलाई समीक्षकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । 

यो फिल्मको भीएफएक्स, छायांकन पक्षको सर्वत्र तारिफ भइरहेको छ । तर, फिल्मको कथावस्तुले भने दर्शकको मन नछोएको टिप्पणी भइरहेको छ । 

यो फिल्मबाट नायक अमिताभ बच्चनको भूमिकाको सर्वत्र तारिफ भएको छ । फिल्ममा नायिका दीपिका पादुकोण पनि मुख्य भूमिकामा छिन् ।