निकिता चण्डकको फिल्म कहिले, आइटम गीतले उठाउला करिअर ?

फिल्म ‘साङ्लो’मा काम गरेपछि पूर्व मिस नेपाल तथा नायिका निकिता चण्डकको हातमा अपेक्षित फिल्म परेको छैन । 

उनले, यसपछि नायक दयाहाङ राईसँग फिल्म ‘राजागन्ज’मा काम गरिन् । दीपक रौनियारको निर्देशनमा बनेको यो फिल्मको रिलिज कहिले हुन्छ टुंगो छैन । 

तर, निकिताले भदौको २१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रावायण’को एक गीतमा आइटम नृत्य गरेकी छिन् । निर्माणपक्षले यो गीतको भिडियोको छायांकन गरिसकेको छ । 

निकिताको फिल्म ‘राजागन्ज’ रिलिज भएको खण्डमा उनलाई फाइदा हुनेछ । तर, दीपक रौनियारले यो फिल्मलाई विदेशी बजारमा रिलिज गरेर नेपालमा गर्ने संभावना पनि बढी छ । 

यस्तो अवस्थामा निकितालाई ‘रावायण’को आइटम गीतमा आशा बढी छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।